शुक्रबार, कार्तिक ७ गते २०८३

हिमालयन इन्स्टिच्युटका सञ्चालक उषालाई प्रदेशको उत्कृष्ट महिला उद्यमी पुरस्कार

  • 187
    SHARES
  • आषाढ २६, २०८१ मंगलबार
    हिमालयन इन्स्टिच्युटका सञ्चालक उषालाई प्रदेशको उत्कृष्ट महिला उद्यमी पुरस्कार


    खोटाङ, असार २५ । खोटाङको जिल्ला सदरमुकाम दिक्तेलमा सञ्चालित हिमालयन आई.टी. इन्स्टिच्युटका सञ्चालक उषा खत्री बस्नेतलाई प्रदेश सरकारले उत्कृष्ट महिला उद्यमी पुरस्कार प्रदान गरेको छ । उद्योग, कृषि तथा सहकारी मन्त्रालय कोशी प्रदेशले प्रदेश भरीका १४ जना महिला उद्यमीहरुलाई पुरस्कार प्रदान गरेको हो । 

    प्रदेशका १४ जना मध्ये एक जना खोटाङका बस्नेतले उक्त पुरस्कार पाउनु भएको हो । उत्कृष्ट छनोट भएका महिला उद्यमीहरुलाई कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले ५० हजार नगदसहित प्रमाणपत्र प्रदान गर्नुभएको हो । “उद्यम र उद्यमशीलताको क्षेत्रमा निरन्तररुपमा स्थानीय स्रोत, साधन र सीपको माध्यमद्धारा रोजगारी सिर्जना गरी प्रदेशको अर्थतन्त्र र रोजगारीको क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएकाले प्रदेश उत्कृष्ट महिला उद्यमी पुरस्कार २०८० बाट सम्मानित गरिएको छ ।” प्रमाणपत्रमा उल्लेख गरिएको छ ।

    दिक्तेलमा सञ्चालित हिमालयन आई.टी. इन्स्टिच्युटले विभिन्न सीप विकास तालिम प्रदानसँगै प्रविधि शिक्षा प्रदान गर्दै आएको छ ।  
     

    ताजा अपडेट