शुक्रबार, कार्तिक ७ गते २०८३

नबिल एसएसई फेलोसिप कार्यक्रमको आवेदन खुला


  • 160
    SHARES
  • फाल्गुण २८, २०८१ बुधबार
    नबिल एसएसई फेलोसिप कार्यक्रमको आवेदन खुला

    २८ फागुन , । नबिल बैंकले नबिल स्कुल अफ सोसल इन्टरप्रनरसिप (नबिल एसएसईर्) फेलोसिप कार्यक्रमको पाँचौं समुहका लागि आवेदन खुला गरेको छ।  कार्यक्रममा उद्यमशीलतामार्फत समाजमा सकारात्मक योगदान पु¥याउने सोच भएका व्यक्तिहरु सहभागी हुन सक्नेछन् । इच्छुक व्यक्तिहरुले आगामी चैत २५ गतेसम्म आवेदन दिन सक्नेछन् । 

    त्रिभुवन विश्वविद्यायको व्यवस्थापन संकायअन्र्तगतको स्कुल अफ म्यानेजमेन्टको सहकार्यमा सञ्चालन भइरहेको नबिल एसएसई फेलोसिप कार्यक्रम ६ महिनासम्म सञ्चालन हुन्छ । जसमा १८ दिनको नि ःशुल्क आवासीय तालिम र एक वर्षको परामर्श कार्यक्रम समावेश छ । यसमार्फत हालसम्म तीन वटा समूहका ५६ उद्यमीले तालिम लिइसकेका छन् भने ४५ सामाजिक उद्यममार्फत १ हजार १८४ जनालाई रोजगारी दिइसकेको छ । कार्यक्रमअन्तर्गत हाल चौथो समूहका २० उद्यमीले प्रशिक्षण लिइरहेका छन् भने पाँचौँ समूहमा पनि देशभरिबाट आएका आवेदनबाट २० जना छनौट हुने नबिल बैंकले जनाएको छ । 

    कार्यक्रममा सहभागिताका लागि केबल १८ वर्ष उमेर पूरा भएको नेपाली नागरिक हुनुपर्ने योग्यता तोकिएको छ । व्यावसाय सुरु गरिसकेका तथा नवीन उद्यमशीलता सोच भएका व्यक्तिले यस कार्यक्रममा आवेदन भर्न सकिनेछ । कार्यक्रममा सहभागिताका लागि नबिल स्कुल अफ सोसल इन्टप्रेनरसिपको फेसबुक पेजमा उपल्ब्ध क्यूआर कोड स्क्यान गरेर आवेदन दिन सकिन्छ । साथै नबिल बैंकको वेबसाइटबाट फाराम डाउनलोड गरी इमेलमार्फत पठाउन पनि सकिन्छ । 

    यस कार्यक्रममा जीविकोपार्जनन, शिक्षा, स्वास्थ्य, सूचना प्रविधि, कला, सामुदायिक विकास, कृषि, उर्जाका साथै दिगो विकासका लक्ष्यसँग मेल खाने क्षेत्रमा काम गरिरहेका उद्यमीहरु कार्यक्रममा सहभागी हुन सक्नेछन् । कार्यक्रमले विभिन्न क्षेत्रका उद्यमीलाई एकै ठाउँ ल्याइ अनुभवी मार्गदर्शकहरु र उद्योग विशेषज्ञहरुबाट प्रशिक्षण दिने बैंकले जनाएके छ । नबिल एसएसई सहभागीलाई उनीहरुको व्यावसाय विकास गर्न आवश्यक स्रोतहरु उपलब्ध गराउनुका साथै सम्बन्धित प्लेटपर्म र सञ्जालमा पहुचका लागि अवसरहरु खोज्न सहयोग गर्दै आएको छ । 

    नबिल एसएसई सामाजिक परिवर्तनको संवाहकका रुपमा स्थापित भइसकेको छ । नबिल बैंक लिमिटेडले संस्थागत सामाजिक उक्तरदायित्व अन्तर्गत नबिल एसएसई कार्यक्रम तीन वर्षदेखि सञ्चालन गर्दै आएको छ । यस कार्यक्रम अन्तर्गत हाल फेलोसिप प्रोग्राम र सर्टिफिकेट कोर्स सञ्चालन भइरहेका छन् । नबिल एसएसई अन्तर्गत फेलोसिप र सर्टिफिकेट कोर्समार्फत हालसम्म एक सय १७ उद्यम स्थापना भई एक हजार दुई सयभन्दा बढी रोजगारी सृजना भइसकेको बैंकले जनाएको छ ।

    फेलोसिप प्रोग्राम त्रिभुवन विश्वविद्यालयको स्कुल अफ म्यानेजमेन्टसँगको सहकार्यमा सञ्चालन भइरहेको छ भने सर्टिफिकेट कोर्स सातै वटै प्रदेशका ११ वटा शैक्षिक संस्थाबाट नबिल सेन्टर फर सोसियल इन्टरप्रनरसिप स्थापना भई सञ्चालनमा भइरहेको छ । 

    नबिल बैंकले सामाजिक उक्तरदायित्व अन्तर्गत समाजमा सकारात्मक परिवर्तन ल्याउने उद्धेश्यसहित विभिन्न सामाजिक कार्य गर्दै आएको छ । बैंकले विशेष गरी वित्तीय साक्षरता, उद्यमशीलता विकास, स्वास्थ्य, शिक्षा, विपद् जोखिम न्यूनीकरण, व्यावस्थापन र जलवायु परिवर्तनका क्षेत्रमा प्राथमिकता साथ काम गरिरहेको छ। बैंकको उक्त प्रयासबाट विभिन्न समुदायका हजारौँ मानिसहरुको जीवनमा सकारात्मक सुधार हुनुका साथै वातावरण संरक्षणतर्फ ठोस कदम अगाडि बढाउन सहयोग पुगेको छ । 



    ताजा अपडेट