आइतबार, कार्तिक ९ गते २०८३

अपांगता भएकी रुबिनाले पाइन् नागरिकता


  • 71
    SHARES
  • जेठ १७, २०८२ शुक्रबार
    अपांगता भएकी रुबिनाले पाइन् नागरिकता

    १६ जेठ, ।  मकवानपुरको थाहा नगरपालिका–४, नारायण झ्याउकी रुबिना रुम्बालाई वडाको पहलमा नागरिकता प्रमाणपत्र प्रदान गरिएको छ ।

    रुम्बा शारीरिक एवं मानसिक अपांगता भएर हिँडडुल गर्न सक्दिनन् । वडा कार्यालयको समन्वयमा नगरकै सवारीसाधनमा जिल्ला प्रशासन कार्यालय हेटौंडा लगेर २२ वर्षीय रुम्बालाई नागरिकताको प्रमाणपत्र उपलब्ध गराइएको हो ।

    रुम्बालाई प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले जिल्ला प्रशासन कार्यालयको प्रांगणमा आएर नागरिकता उपलब्ध गराएकी थिइन् । उनले शारीरिक अपांगता भएर जिल्ला प्रशासन कार्यालयसम्म आउन नसक्नेका लागि प्रशासनले घरमै पुगेर सेवा दिने प्रतिबद्धता जनाइन् ।

    अति अशक्त, अपांगता भएकाहरू प्रशासन कार्यालय जना नसक्दा उनीहरु नागरिकताविहीन हुने र सामाजिक सुरक्षा भत्ता पाउनबाट वञ्चित हुनुपर्ने अवस्थाको अन्त्य गर्न वडा कार्यालय लागिरहेको वडाध्यक्ष नारायण लामाले बताए । २०८० सालमा पनि शारीरिक एवं मानसिक अपांगता भएका दुई जनालाई वडा कार्यालयको सक्रियतामा प्रशासन कार्यालयमा ल्याएर नागरिकताको प्रमाणपत्र उपलब्ध गराइएको थियो ।

     



    ताजा अपडेट