१९ जेठ, । कोशी प्रदेश सरकारले प्रदेशका १४ वटै जिल्लामा भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको पूर्वाधार विकास कार्यालय स्थापना गर्ने निर्णय गरेको छ। यससँगै खोटाङ जिल्लामा पनि सो कार्यालय स्थापना हुने पक्का भएको छ।
सोमबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले प्रस्ताव अनुमोदन गरेसँगै खोटाङमा पनि पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको कार्यालय स्थापना हुने निश्चित भएको हो।
सरकारी निर्णयअनुसार, साउन १ गतेदेखि खोटाङमा उक्त कार्यालय औपचारिक रूपमा सञ्चालनमा आउने भएको छ। प्रारम्भिक चरणमा कार्यालय दिक्तेल बजारमा भाडामा लिइएको भवनमा सञ्चालन हुनेछ।
विकास, सडक विस्तार र शहरी व्यवस्थापन सम्बन्धी सेवा तथा अनुगमन काम सहज रूपमा उपलब्ध हुने भएको भौतिक पुर्वाधार विकास एवं स्वास्थ मन्त्री भुपेन्द्र राईले जानकारी दिनुभयो । जिल्लास्तरमै पूर्वाधार निर्माण, सडक सुधार, भवन निर्माण तथा शहरी योजना सम्बन्धी सेवा सहज रूपमा उपलब्ध गराउने अपेक्षा गरिएको मन्त्री राइको भनाइ छ ।
प्रदेश सरकारले कार्यान्वयन प्रक्रिया चाँडै अघि बढाउने तयारी गरिरहेको बताइएको छ। कार्यालय स्थापनासँगै स्थानीय जनशक्ति र स्रोतसाधनको उपयोग गर्दै विकास योजनाहरूलाई तिव्रता दिने लक्ष्य रहेको छ।
कारोबार डेक्स