शनिबार, कार्तिक ८ गते २०८३

रावा बेसी गाउँपालिकामा व्यवसायीक फलफूल खेती प्रवर्द्धन गर्ने विशेष कार्यक्रम सम्पन्न

  • 161
    SHARES
  • जेठ २९, २०८२ बुधबार
    रावा बेसी गाउँपालिकामा व्यवसायीक फलफूल खेती प्रवर्द्धन गर्ने विशेष कार्यक्रम सम्पन्न

    खाेटाङ, जेष्ठ २७  – आर्थिक वर्ष २०८१/८२ को कृषि विकास कार्यक्रमअन्तर्गत व्यवसायीक फलफूल खेती प्रवर्द्धन गर्ने उदेश्यले खाेटाङकाे रावा बेसी गाउँपालिकामा विशेष कार्यक्रम आयोजना गरिएको छ।

    यस अन्तर्गत लिची बाली उत्पादनमा वृद्धि गर्दै कृषकहरूलाई आत्मनिर्भर बनाउने लक्ष्यका साथ ७५ प्रतिशत अनुदानमा विभिन्न १६ प्रकारका कृषि सामग्री वितरण गरिएको छ। सो सामग्री वितरण कार्यक्रम गाउँपालिका-१, कुभिण्डेमा सम्पन्न भएको थियो।

    कार्यक्रममा रावा बेसी गाउँपालिका अध्यक्ष फटिक कुमार श्रेष्ठ, उपाध्यक्ष कौशिला कुमारी गुरुङ, प्रमुख प्रशासकीय अधिकृत सरोज रेग्मी, वडा नं. १ का वडा अध्यक्ष गेहेन्द्रमान राई लगायतका पदाधिकारीहरूको उपस्थितिमा कृषि सामग्रीहरू वितरण गरिएको थियो।
    सामाग्री  २० वटा कृषक समूह, व्यक्तिगत फर्म तथा कृषि उद्यमीहरूलाई वितरण गरिएको सामग्रीले फलफूल खेतीलाई प्रवर्द्धन गर्न मद्दत पुग्नेछ। यस पहलले कृषकहरूमा व्यवसायीक फलफूल खेतीप्रति उत्साह जगाउने र गाउँपालिकाको आर्थिक विकासमा सकारात्मक योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

    WhatsApp Image 2025-06-11 at 6.24.18 AM.jpeg

     

    WhatsApp Image 2025-06-11 at 6.24.18 AM (1).jpeg

    ताजा अपडेट