आइतबार, कार्तिक ९ गते २०८३

महालक्ष्मी नगरपालिका र शान्तिनगर गाउँपालिकाको केन्द्र परिवर्तन गर्ने मन्त्रिपरिषद्को निर्णय

  • 159
    SHARES
  • जेठ २९, २०८२ बुधबार

    २८ जेठ, काठमाडौं – सरकारले दुई वटा स्थानीय तहको केन्द्र परिवर्तन गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्‍ बैठकले ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिका र दाङ जिल्लाको शान्तिनगर गाउँपालिकाको केन्द्र स्थानान्तरण गर्ने निर्णय गरेको हो।

    निर्णयअनुसार महालक्ष्मी नगरपालिकाको केन्द्र हालको वडा नं. ४ स्थित कमलपोखरीबाट सरेर वडा नं. ८ को लुभु देवीस्थानमा कायम गरिनेछ। त्यस्तै, शान्तिनगर गाउँपालिकाको केन्द्र वडा नं. ४ कै चिराघाटबाट सरेर जुम्लेकुलामा सारिनेछ।

    सरकारको यस निर्णयसँगै सम्बन्धित स्थानीय तहमा सेवा प्रवाहको कार्यक्षमता र पहुँचमा सुधार आउने अपेक्षा गरिएको छ।

    ताजा अपडेट