आइतबार, कार्तिक ९ गते २०८३

ट्रकसँग मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु, एक जना गम्भीर घाइते


  • 103
    SHARES
  • जेठ ३१, २०८२ शुक्रबार
    ट्रकसँग मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु, एक जना गम्भीर घाइते

    ३०, जेठ, । वीरगन्जमा शुक्रबार बिहान रोकीराखेको ट्रकसँग मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु भएको छ।

    दुर्घटनामा परी एक जना गम्भीर घाइते भएका छन्। दुर्घटनामा परी पर्साको छिपहरमाई गाउँपालिका–३ झलमैयाका २३ वर्षीय रामाकान्त यादव र सोही ठाउँ बस्ने २३ वर्षीय विजय यादवको नारायणी अस्पतालमा बिहान ८ बजे उपचारको क्रममा मृत्यु भएको हो।

    बिहान ५ बजेको समयमा वीरगन्ज महानगरपालिका–२२ ड्राईपोट सडक खण्डस्थित सिताराम चोकमा उक्त दुर्घटना भएको थियो।

    एचआर ५५ के ३९७१ नम्बरको भारतीय ट्रकको पछाडिबाट सिर्सियाबाट सुक्खा बन्दरगाहतर्फ जाँदै गरेको बा प्र ०३–००४ प ८६१२ नम्बरको मोटरसाइकल ठोक्किएको थियो ।

    दुर्घटनामा परी मोटरसाइकलमा सवार अर्का व्यक्ति सोही ठाउँका २२ वर्षीय विजय कुमार यादव गम्भीर घाइते छन्। उनको उपचार भइरहेको छ। ट्रक चालक फरार रहेको र उनको खोजतलास भइरहेको पर्सा प्रहरी प्रवक्ता डीएसपी किशोर लम्सालले जानकारी दिए।

     



    ताजा अपडेट