शुक्रबार, कार्तिक ७ गते २०८३

मोटरसाइकलको ठकरबाट पैदल यात्रीको मृत्यु


  • 66
    SHARES
  • आषाढ १९, २०८२ बिहीबार

    १९ असार,।  काठमाडौंको तारकेश्वर नगरपालिका वडा नम्बर ८ स्थित शिवमन्दिर नजिकै मोटरसाइकलको ठकरबाट पैदल यात्रीको मृत्यु भएको छ ।

    बुधबार साढे ९ बजे तिर तारकेश्वर ३, पााचमानेका २२ वर्षीय नविन घिमिरेले चलाएको बा ७४ प ७०५४ नम्बरको डुक मोटरसाइकलले पैदल यात्री ७० वर्षीय कुलबहादुर आचार्यलाई ठक्कर दिएको थियो ।

    ठकरबाट गम्भीर घाइते भएका तारकेश्वर–८, भेटघाट चोक बस्ने आचार्यलाई तत्काल सिटी अस्पताल लगिएको थियो । पछि थप उपचारका लागि टोखा स्थित ग्राण्डी अस्पताल लगिए पनि उपचारकै क्रममा राति ११ ः २० बजे डाक्टरले मृत घोषणा गरेका थिए ।

    मोटरसाइकल चालक घिमिरे र मोटरसाइकल नियन्त्रणमा लिएर प्रहरीले यस घटनाबारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी अपिलराज बोहराले जानकारी दिए ।

     

     



    ताजा अपडेट