शुक्रबार, कार्तिक ७ गते २०८३

प्रधानमन्त्री कार्की : भ्रष्टाचार छानबिनका लागि छुट्टै आयोग गठन हुँदै

  • 474
    SHARES
  • भाद्र ३१, २०८२ मंगलबार
    प्रधानमन्त्री कार्की : भ्रष्टाचार छानबिनका लागि छुट्टै आयोग गठन हुँदै

    ३१ भदौ, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टाचार छानबिनका लागि छुट्टै आयोग गठन गर्ने घोषणा गरेकी छन्। उनले आन्दोलनको म्याण्डेटअनुसार यस्तो आयोग आवश्यक रहेको उल्लेख गरिन्।

    बीबीसी नेपालीलाई दिएको विशेष अन्तर्वार्तामा प्रधानमन्त्री कार्कीले भ्रष्टाचार र अनियमितताको अनुसन्धान गरेर आगामी सरकारले सहज रूपमा काम गर्न सक्ने आधार तयार पार्ने बताइन्। उनका अनुसार, हालको सरकारले कारबाही प्रक्रियासम्म मात्रै पुर्‍याउने भए पनि आयोगले बाटो प्रशस्त गर्नेछ।

    प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनको दमनबारे जाँचबुझ गर्न तीन सदस्यीय आयोग गठन हुने जानकारी दिइन्। आयोगलाई प्रारम्भमा एक महिनाको समय दिइने र आवश्यक परे थप १५ दिन समय विस्तार हुने उनले स्पष्ट पारिन्।

    मन्त्रिपरिषद्को बैठकले आयोग गठन गर्ने सैद्धान्तिक निर्णय गरिसकेको छ। प्रधानमन्त्री कार्कीले आफ्नो ६ महिनामात्रको कार्यकालमा अधिकतम उपलब्धि हासिल गर्ने लक्ष्य रहेको पनि बताइन्।

    ताजा अपडेट