काठमाडौं, १३ कात्तिक — बिहीबार बिहानदेखिको प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान–अवतरणमा समस्या आएको छ। लगातारको कम दृश्यताका कारण अन्तर्राष्ट्रिय र आन्तरिक दुवै उडानहरू प्रभावित भएका छन्।
विमानस्थल कार्यालयका अनुसार कतारको दोहाबाट काठमाडौं आइरहेको नेपाल एयरलाइन्सको जहाजलाई भारतको नयाँदिल्ली डाइभर्ट गरिएको छ। त्यस्तै, दिल्लीबाट आएको एयर इन्डियाको जहाज लखनऊ डाइभर्ट गरिएको छ भने इन्डिगो एयरको जहाजलाई पुनः दिल्ली फर्काइएको छ।
मौसम खराबीका कारण आन्तरिक उडानहरू समेत प्रभावित भएका छन्। बिहान लुक्लातर्फका सबै निर्धारित उडानहरू दृश्यता कमजोर भएपछि रद्द गरिएको विमानस्थलले जनाएको छ।
विमानस्थलका अनुसार मौसम सामान्य नहुँदासम्म उडान सञ्चालनमा ढिलाइ र रद्द हुने क्रम जारी रहने सम्भावना छ।
कारोबार डेक्स