आजको यूगमा हरेक मानिस सूचनाको पहुँचमा रहन चाहन्छ। सूचनाको सहज पहुँचमा सवैभन्दा सरल र सहजरुपमा सूचना, सन्देश प्रवाह गर्न मिल्ने अनलाइन मिडिया हो। इन्टरनेटको माध्यमबाट विश्वमा भएका कुराहरु पाठक तथा श्रोतामाझ तत्काल प्रवाह गर्नमा अनलाइन मिडियाको भूमिका महत्वपूर्ण रहेका कारण यसको महत्व पछिल्लो समय बढ्दो छ।
नेपालमा फड्को मारेको डिजिटल पत्रकारिताको यो भीडमा हामी पनि उदाउने कोशिश गरी आजदेखि विश्वबजारमा छिरेका छौं। नेपाली भाषामा विश्वभर छरिएर बसेका नेपाली जन–जनमा हामीले सूचना र त्यसमा पनि विशेषता बोक्ने कोशिश गरेका छौं।
आज घटस्थापनाको दिनदेखी संचालनमा ल्याएको यस www.karobarpana.com कारोबार पाना डटकमले राष्ट्रिय तथा अन्तराष्ट्रिय जगतमा भएका आर्थिक गतिविधिहरु तथा समाजमा लुकेर रहेका विषय बस्तुलाई खोज पत्रकारिताको माध्यमबाट आम नागरिकहरुको पुहँचमा सहज ढंगले पुर्याउने लक्ष्य राखेको छौं।
मानव समुदायलाई आजको अवस्थासम्म ल्याइ पुर्याउनको निम्ति अर्थतन्त्रको भूमिका अतुलनीय छ। हरेक मानिसको अर्थतन्त्र व्यवसायसँग जोडिने कुरा प्रष्टै छ। घरमै बसेर अनलाइनको माध्यमबाट मानिसले आफ्नो सम्पतिको किनबेच, अनेकन सेवा सुविधा छिटो र भरपर्दोरुपमा लेनदेन थालिसकेको अवस्था छ।
खोटाङलाई आधार भुमि बनाएर आजबाट संचालनमा ल्याइएको यस अनलाइनले जिल्लाका उत्पादित बस्तुलाई बजारीकरण, प्रवर्धन, व्यापार व्यवसायीहरुसँग हातेमालो गर्दै समग्र जिल्लाको अर्थतन्त्रलाई उकास्नका निम्ति यस संचारमाध्यमले टेवाको रुपमा काम गर्ने विश्वास दिलाउन चाहान्छौं।

बजार र ग्राहकको सम्बन्ध नङ र मासुको जस्तो हुन्छ। ग्राहकले बजारबाट केवल सामान मात्रै होइन सरलता र सेवाको पूर्णरुपमा अपेक्षा गरेको हुन्छ। त्यसकारण बजारले ग्राहकलाई सरलता र सेवाको प्रत्याभुति पनि दिलाउनु पर्दछ। त्यस कुराको अर्थ र आवश्यकता बुझेर बजार र ग्राहकलाई जोडने सेतुको काम गर्ने उद्धेश्यले हामी तपाईंहरुको बिचमा उदाएका हौं।
विशेषतः अर्थतन्त्रसँग जोडिएका गतिविधिहरुको डिलमा रहेर तपाईंहरुको हातहातमा आर्थिक गतिविधिको सूचना प्रवाहा गर्ने र शिक्षा, स्वास्थ्य, विकास निर्माण, कृषि, पर्यटनलगायतका अन्य थुप्रै सचेतनामूलक शन्देश प्रकाशन प्रशारण तथा स्थानीय विकास निर्माण र अन्य समग्र गतिविधिलाई शिघ्ररुपमा देश विदेशमा रहेका जनतालाई जानकारी गराउने ध्येयले यो अनलाइनको स्थापना गरेका हौं।
राज्य संयन्त्र, संस्थानहरु, सरकारी तथा गैह्र सरकारी संघसंस्थाहरु, राजनीतिक गतिविधि, शिक्षा, स्वास्थ्य, कला संस्कृति, खेलकुद मनोरञ्जनलगायतको उन्नतिको हरदम सहयात्री र सामाजिक अपसंस्कृति, अन्धविश्वास, भ्रष्ट्रचारलाई उजागर गरि त्यसका विरुद्धमा समाचारको माध्यमबाट निर्मम प्रहार गर्दै समाज र आम नागरिकलाई सुसोचित गर्ने सन्दर्भमा हाम्रो प्रयत्न हरमद हुनेछ।

एकल प्रयत्न र प्रयासबाट मात्र २१ औं शताब्दिका चुनौतिहरु सामना गर्न प्रायः असंभव छ। देशमा लोकतन्त्र स्थापनादेखि लिएर हरेक परिवर्तन र विकासमा संचारमाध्यमको भूमिका महत्वपूर्ण रहदै आएको सवैमा छर्लङग् नै छ। समुदायलाई प्रत्यक्षत-परोक्षतः लाभ पुग्ने गरी हरेक क्षेत्रमा निष्पक्ष र चुस्त दुरुस्त सूचनाको माध्यमबाट जनतालाई सुसोचित गराउँदै लैजाने हाम्रो अभिप्राय हो।
आर्थिकसँगै विश्वका सवै गतिविधिहरुसमेत यस अनलाइनले समेट्ने छ। यसकारण हामी अनलाइनको माध्यमबाट तपाईंहरुसँग अझ नजिकिन चाहन्छौं। सकेसम्म पाठक महानुभावहरुमा चाँडो सूचना प्रवाहा गर्नेछौं।
तपाईंहरुले गरेका गतिविधि सवै–सवैमा पुर्याउने प्रतिवद्धता सहित कारोबार पाना सबैको पूलकोरुपमा अहोरात्र रहने विश्वास दिलाउछौं।
साथै नेपालीहरुको महान पर्व विजया दशमी शुभ दीपावली तथा छठ पर्व २०७८ को पावन अवसरमा सम्पूर्ण देश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपालीजनमा सुख, शान्ति, समृद्धिसँगै उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ।
धन्यबाद ।